ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
त्रिंंशोऽध्याय: नवराज चन्द्रावतीमिलनवर्णन
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
हर्ष बढाई र मंगल यात्राका साथ दरबारभित्र चन्द्रावती भित्रिएपछि उनले राजमाता गोमा र राजा नवराजलाई पाउमा शाष्टाङ्ग दण्डवत् गरिन् । राजा नवराजले चन्द्रावतीसित प्रेमपूर्वक सोधे —“हे प्रिय ! मैले पाँच वर्ष अघिदेखि तिम्रो मुख देख्न पाएको थिइँन । यहाँ ल्याउन भनी डोले र सिपाहीहरु तिम्रा माइतमा पठाएको थिएँ, ती पनि आजसम्म फिरेका छैनन् । तिमी यहाँ आउन विलम्ब हुनुको के कारण हो ? यो देशको राज्य सिँहासनमा राज्याभिषेक भएको पाइनौ ? मेरो पनि राज्यका कार्यभारले तिम्रो खोजी गर्नमा ध्यान पुग्नसकेन, यो निष्ठूरीलाई क्षमा गर । अनि शाली नदीका तीरमा आएर एक्ली भएर किन बसेकी थियौ ? मलाई खबर गर्नु पर्दैन्थ्यो ? तिमी पहिलेकी जस्ती ता देखिन्नौ ता ? कता हो कता राम्री , तेजस्वी र अनेकौं लक्षणले युक्त झैं देखिन्छ्यौनि त ? कुनै ठूला संकटमा पो पर्याै कि, कुनै सज्जनहरुको साथ पो पायौ कि सबै वृत्तान्त बताऊ ।”
आफ्ना स्वामी नवराजले प्रेमले भरिका कुरा भनिसकेपछि चन्द्रवतीले पनि डोलेहरु लिन गएको र आफ्ना पिता अग्निस्वामीका घरबाट यता आउन भनी हिडेर वरुणपुर छोडेका दिनदेखि भएको सम्पूर्ण वृत्तान्त जो थियो सबै न बिराइकन यथार्थ सुनाईन् । चन्द्रावतीका यी कुरा सुनेर आश्चर्य मान्दै “धन्य ! हाम्रो भेट हुन पायो ” भनेर नवराजले हर्ष प्रकट गरे ।
उता चन्द्रावती भन्दै गइन् —“ हे स्वामी ? श्री स्वस्थानी परमेश्वरीको निन्दा र अपमान गरेका पापले मेरो त्यस्तो दुर्दशा हुन गई त्यो अवस्थामा पुग्न गएँ । फेरि उनै परमेश्वरीको कृपाले आज हजुहरुको दर्शन पाउन सकें । हे माता ! हे पति ! श्री स्वस्थानी परमेश्वरी भन्दा ठूलो देवता अरु कोही रहेनछन् । सम्पूर्ण व्रतका पति व्रत, धर्मका पनि धर्म, कालका पनि काल, देवताका पनि देवता,नाथका पनि नाथ, मालिकका पनि मालिक, ईश्वरका पनि ईश्वर त्यस्ती परमात्मा श्री स्वस्थानी परमेश्वरीलाई कोटी–कोटी नमस्कार छ ।” यत्ति भनी रानी चन्द्रावतीले परमेश्वरीमा चित्त लगाई बार–बार ढोग्दी भईन् ।
आगौं अन्तिम अध्यायको कथा अर्को अध्यायमा सुनाउँला ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्री नवराज चन्द्रावतीमिलनवर्णन नामं त्रिंशोऽध्याय ः ।। ३० ।।
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!
ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
No comments:
Post a Comment