श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
एकत्रिंंशोऽध्याय: श्री स्वस्थानी व्रत वर्णन
श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
चन्द्रावतीले आफ्ना पति नवराज पिताका खोजीमा गएपछि आफूसित विदा मागी माइत गएदेखि आजसम्म भेट नभएकी बुहारीको मुख देख्न पाएकी र चन्द्रावतीका जीवनमा घटेका कुराहरु सुनी राजमाता गोमाले श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झिई रानी चन्द्रावती सित भनिन् — “हे पुत्रवधू ! त्यस्ता–त्यस्ता खपिनसक्नु कठोर दुःखमा परिकन पनि ईश्वरीको भक्ति, पूजा, आराधना गर्न पाउने अप्सराहरुबाट सौभाग्य प्राप्त भएछ र आज सम्पूर्ण पाप र तापबाट मुक्त भई हाम्रो पुनर्मिलन हुन गयो ।” यति भनी गोमाले आफूमाथि आईपरेका दुःख, कष्ट, आफ्ना कुटियामा सप्तर्षिको आगमनमा र श्री स्वस्थानी परमेश्वरीको व्रतोपदेश र पूजा–विधि सातवटा सुनका कौडी प्राप्त भएको, श्री स्वस्थानी परमेश्वरीको एक महिनासम्म नियमासाथ पूजा, कथा श्रवण गरेको, समाप्तिका दिन जाग्राम बसिरहेका बखतमा श्री स्वस्थानी परमेश्वरीलाई साङ्ग्यको अध्र्य अर्पण गर्दै गर्दा पुत्र नवराज आइपुगेको, पिताको अघिनै स्वर्गारोहण भईसकेको र पुत्रले अन्त्येष्टी कर्म गरी कुनै राजको सेवासमेत गरी घर आएको, भगवान हरिहर प्रसन्न हुनु भई नवराजलाई राजा हुने वरदान दिनुभएको र आफू पनि राजमाताका रुपमा यो लावण्य देशमा आई बसेको कुरा पनि चन्द्रावतीलाई एक–एक गरी सुनाईन् र भनिन् —“आज हामी उनै ईश्वरीका कृपाले यत्रो राज्य र ऐश्वर्य पाई सुखी भयौं । अब पनि हाम्रो जिउ रहुञ्जेलसम्म हामीले उनको सेवा गर्नुपर्छ ।
श्री स्वस्थानी परमेश्वरी हामी सबैका हृदयमा बास गरुन् । श्री स्वस्थानी परमेश्वरीका कृपाले गरिकन यो लोकमा सम्पूर्ण सुःख प्राप्त गरी अन्त्यमा मोक्ष मिल्ला । हे पुत्र वधुद्वय ! हे चन्द्रावती ! हे लावण्यवती ! दिनमा सूर्य र रातमा चन्द्रमा नभए सारा अँध्यारो भए जस्तै असल स्वभाव नभएकी स्त्रीका पतिको भाग्य पनि सधैं अन्धकारमय हुन्छ । असल गुणले युक्त भएकी पत्नी छैन भने त्यस्ता पुरुषको घर हुन गाह्रो छ । मेरो अवस्था बृद्ध हुँदै गयो । तिमीहरु दुवैजना मिली आफ्ना पति अर्थात मेरा पुत्रको सेवा गरिरहु ।” आफ्नी सासुका अर्ति सुनेर राजमहिषीले — “हे माता ! हजूरका तपस्याले हाम्रा स्वामी राजा हुनुभयो, हामी धन्य भयौं । ” भनी गोमाका पाउमा ढोगी आशीर्वाद प्राप्त गरे र आफ्ना जीवन भरी श्री स्वस्थानी परमेश्वरीका भक्तिमा आफूलाई समर्पित गरी आनन्दले रहँदा भएँ ।
हे अगस्त्य मुनि ! मत्र्यलोकमा छिटै सिद्धि प्राप्त गर्न सकिने साधन सुकर्म नै हो, सुकर्म भनेको राम्रा कर्म, पुण्य कर्म आदि हुन् ती मध्ये मैले तिमीलाई वर्णन गरेर सुनाइएका “अगम्य, अपूर्व, महान् महिमा लिएकी श्री स्वस्थानी परमेश्वरीका कथा र व्रतका विधि हुन् । जुन नर–नारीहरु एकचित्त भएर श्री स्वस्थानी परमेश्वरीको व्रत गर्लान्, कथा सुन्लान् अथवा सुनाउलान् र उनका महिमाले युक्त श्री स्वस्थानी परमेश्वरीको पुस्तक घरमा राख्लान् तिनलाई दरिद्रताले कहिल्यै छुनै छैन । आदित्यादि नवग्रह सधैं प्रशन्न र शान्त रहनेछन् , अकाल मृत्यु टर्नेछ । भुत, प्रेत , पिशाच, डाकिनी, शाकिनी, त्रिदोष, आदि रोगको भय हट्ने छ । ब्रम्हा हत्यादि पाप नाश हुन गएर यो लोकमा सुख–सम्पत्तिको भोग गरी परलोकमा कैलाशवास होला । जसको चित्त, काम, क्रोध लोभ, मद, मात्यर्य जस्ता विकरालले रहित छ, त्यसले मात्र पूर्ण फल प्राप्त गर्ने छ ।”
हे अगस्त्य मुनि ! लोकले सुमार्ग पट्टि लागेमा तिनको कल्याण होला । सुमार्ग भनेको आफ्ना पूर्वजहरुले बनाएका राम्रा–राम्रा नियमहरु हन् । ती पूर्व पुरुषले खनिदिएका असल बाटालाई छोडेर आफ्ना मनमानीले अगल–बगल लाग्नाले कहिल्यै हित हुदैन् । व्यासजीले रचना गर्नुभएका अठारह पुरायाम्ध्ये स्कन्दपरसाणको केदार खण्डका माघ माहात्म्य को मात्र महत्ता र श्री स्वस्थानी परमेश्वरीको भक्ति र उनका कृपा प्रसादको वर्णन मैले तिमीलाई सुनाएँ । सम्पूर्ण पुराणहरुमा धर्म, अर्थ, कर्म, मोक्षका साधन र उपदेश मात्र छन् । यिनै पुराणहरु हाम्रा अमूल्य रत्न हुन् । यिनका उपदेश पाएर सम्पूर्ण लोकको कल्याण होस्” भनी गंगा, पार्वती, षट्कृतिकाका पुत्र श्री कुमारजी सेनापति स्कन्दले लोपामेद्राका पति अगस्त्य मुनिलाई सुनाउनु भयो । सोही कथा, नैमिषारण्य क्षेत्रमा शौनकादि अठासी हजार ऋषिहरुलाई पौराणिक यो कथा श्री सूतजीले सुनाउनु भयो र त्यही पुण्य कथालाई यहाँ रहेका व्रती भक्तजन श्रोतहरुमा पनि आफूद्वारा सुनाईयो ।
इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वरी व्रतकथायां
श्रीस्वस्थानी व्रत माहात्म्य नामं सप्तविंशोऽध्याय ः ।। ३१ ।।
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!
ईतिश्री स्कन्दपुराणे केदारखण्डे माघमहात्म्ये कुमार अगस्त्यसंवादे श्री स्वस्थानी व्रतकथायां स्वास्थानीव्रतपूर्ण नाम एकत्रिंशोऽध्याय : ।। ३१ ।।
पुष्पाञ्जली
कथा सम्पूर्ण ( जति पाठ गर्न सकिन्छ) भए पछि पुनः कथावाचक र श्रोताहरु सबैले पुष्पाञ्जली हातमा लिनु र कथावाचकले तलका मन्त्रहरु पढ्नू ।
ॐ उपनयतु मंगललै वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर –किरण निबोधित —नव —
नलिनदलनिभेक्षणः श्री कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्याशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राम्हाणाः सन्तु निर्भयाः ।।
अपुत्रा : पुत्रिणः सन्तु पौत्रिण :।
निर्धना : सधनाः सन्तु जीवन्तु शरदं शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंगः ।।
या कुन्देन्दुतुषरहारधवला या शुभ्रवस्त्रापृत्ता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या ब्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवै ः सदा वन्दिता
सा मां पातु सरव्सवती भगवती निः शेषजाडयापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृते ः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्यचेतसा भक्त्या श्रुतं यच्च कामृतम् ।
समर्पयामि तत्सर्व स्वस्थानीं परमेश्वरीम् ।।
।। ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः ।।
यति भनी सबैले पुष्पाञ्जली समर्पण गरेर आफ्ना–आफ्ना इच्छानुसार वर माग्नू ।
No comments:
Post a Comment