Thursday, January 28, 2016

Shree Swasthani Brata Katha Episode 25 (पञ्चविंशोेऽध्याय: नवराजस्य राज्याभिषेक वर्णन)

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम ः ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।


श्री गणेशाय नम : श्री स्वस्थानी परमेश्वर्यै नमो नम :
कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि !
उता लावण्य देशका मन्त्रीहरु, राजगुरुहरु र देशवासी सबै प्रजाहरु मिलेर सुवर्णको कलश र फूलको माला हात्तीलाई दिई मंगल बाजाकासाथ राजा खोज्न भनी हात्तीका अघि–पछि ठूलो लर्को राजदरबार बाहिर निस्कियो । नाना श्रृंगारले सुसज्जित भएको आफ्ना सूँढ र दाह्रामा सुनको कलश र फूलको माला लिएका हात्तीका अघि–पछि लोकहरुपनि आफू राजा हुने आशा लिई राम्रा–राम्रा वस्त्रालङ्काकार पहिरी हिड्न लागे । त्यसै बेला गोमा पुत्र नवराज पनि त्यहाँ पुगेर हात्ती आउँदै गरेको देखेर एउटा दोबाटोका एक किनारामा लाम लाग्नेहरुका छेउमा बसे । ठीक त्यसै मौकामा श्री हरिहर हात्तीमा प्रवेश गर्नुभयो र त्यो हात्तीले अन्यत्र कतै नहेरिकन सरासर गएर नवराजका गलामा फूलको माला पहिराई दिई सुवर्ण कलशका जलले अभिषेक गर्दोभयो ।

यो देखी “लौ यो हात्ती बहुलायो, यहाँ कोही क्षत्रिय नै नभए जस्तो सरासर गएर ब्राम्हणका गलामा माला लगाई दियो” भनी जनसमूहमा ठूलो कोलाहल भयो । कोही भन्न लागे “कसरी हात्ती बहुलाउँथ्यो, तिमीहरु पो बहुलायौ । बोली मात्र छैन, अरु थोकमा मानिसभन्दा हात्ती ज्ञानी हुन्छ । ब्राह्रण, क्षेत्रीय, वैश्य, शुद्र जो भएपनि उसका प्रारब्धले, सत्कर्मले , कुलका धर्मले, मातापिताका पुण्यले राजामा वरण भएको हो । बिनानारायणका अंशले, बिनाईश्वरका कृपाले कोही राजा हुन्छु भन्दैमा राजा भै हाल्छ  जो राजा भयो आफना प्रारब्ध पुण्यका प्रतापले भयो, सब चुप लागौ भनेर सम्झाए । उता हात्तीले आफना सूँढले नवराजलाई विभिन्न वस्त्रालंकारले सजाई त्यस देशकी राजकुमारी लावण्यवती कन्याका साथ विधिपूर्वक विवाह गरी राजा बनाए ।

 त्यसपछि गुरु, पुरोहित र मन्त्रीले भने हे महाराज ! राज्यभिषेकको शुभ दिन ठहराई राज्याभिषेक ग्रहण गरीबक्सियोस् । सामग्रीहरु सबै नै जु्टाई ठीक गरेका छौ । यी कुरा सुनी नवराजले भने हे मन्त्रीगण हे गुरुवृन्द हे पुरोहितवर्ग मेरी माताले पहिले नदिई अरुको अभिषेक म कसरी लिऊँ । चन्द्रज्योति नगरको शहरदेखि बाहिर एउटा खरले छाएको सानो घर छ, त्यो घरमा गोमा नाऊँ गरेकी ब्राम्हणी बस्नु हुन्छ । उहाँनै मेरी माता हुनुहुन्छ । चाँडो गरी लिन पठाउनु भन्ने नवराज राजाको हुकुम सुनी मन्त्रीले आफै गएर राजमातालाई ल्याउने निधो गरे । पालकी,नाना वस्त्र र अलंकार,डोले र फौजसमेत साथ लिई चन्द्रज्योति नगरका निम्ति बाटो लागे । सोध्दै,खोज्दै वहाँ पुगेर गोमा ब्राह्राणीलाई भेटेर प्रणाम गरी मन्त्रीले भने “ हे राजमाता ! हजूरका सुपुत्र नजराज लावण्य देशका राजा होईबक्स्यो । म त्यो देशको मन्त्री हुँ । महाराजबाट हजूरलाई वहाँ बोलाईबक्सिएकाले लिन आएको हुँ । यी वस्त्र र अलंकार ल्याएको छु । पहिरेर जानका निम्ति तयार भै बक्सियोस्” भनी विन्ति गरे ।

मन्त्रीका कुरा सुनी हर्षले रमाएकी गोमा ब्राम्हणी पनि लुगा, गर गहना पहिरी जान ठीक परिन् । त्यसपछि राजमातालाई पालकीमा चढाई फौजमा लावालश्कर अघि–पछि पारी भरिया, सुसारे सहित लावण्य देशतिर मन्त्रीले प्रस्थान गरे । यो कुरा चन्द्रज्योति नगरमा सबैतिर फैलियो  गोमालाई र उनलाई लिन आएका मानिसहरुलाई हेर्न त्यो नगरका नर नारीको ओइरो लाग्यो । आफना आफना काम छाडेर हत्तपत्त गरी दुगुरेर आउँदा कसैका केश खस्किएका, कसैले आधा मात्र बस्त्र लगाएका, कोही खाँदै गरेको भोजन छोडी आएका । कसैले बच्चाहरु रुवाउँदै र टाउको ठोक्काउदै गरेका देखिन थाले । अघि पछि फौज र माझमा पालकीभित्र भएकी गोमा ब्राम्हणीलाई देखी मानिसहरु आपसमा अनेक कुरा गर्न लागे । “गोमाले सधै धागो काटेर अर्काको ढिकी–जाँतो गरेर दुःखले बालक छोरो हुर्काइथिन । जस्तै दःुखका घडीमा पनि धैर्य लिई कसैलाई वचनले नबिझाई सत्कर्ममा दृढ रही आजसम्म अनेक दुःख बेहोरेर आज राजमाता हुन गै पालकीमा चढी छोरा भएको देख्न पुग्ने भइन् ” भनी सबैले एक अर्कामा भन्न लागे । उता गोमा ब्राम्ह्राणी पनि विस्तार –विस्तार लावण्य देशको नजिक –नजिक पुग्न लागिन् ।

 आफ्नी आमा आई पुग्न लागेको खबर पाई राजा नवराजले हात्ती, घोडा र अरु थप फौज साथमा लिई आमाको स्वागतका निम्ति केही वरसम्म लिन भनी आए । त्यस बखतमा नाना मंगलवाद्य, गीत, नृत्य आदिका साथ लावा, अबीर र पुष्प वर्षाका साथ माताजीलाई दरबारमा पुर्याई शाष्टाङ्ग दण्डवत गरी भने—“ हे राजमाता ! हजूरका पुण्य प्रताप र भगवान हरिहरका कृपाले आज म लावण्य देशको राजा भएँ । धन्य मेरी आमाको तपस्या सत्कर्म ! हजूर जस्तै पुण्यकीर्ति माताका पवित्र कोखमा वास गरेका छोरा–छोरीको भाग्य अवश्य नै महान हुनेछ । माता ! अब हजूरका हातले मलाई राजगद्दीमा आसीन गराई वेदका मन्त्रले पवित्र भएका कलश जलद्वारा मेरो राज्याभिषेक होस् ।”

छोराको वचनलाई सुनी श्री स्वस्थानी परमेश्वरीको स्वरुपलाई हृदयमा लिई गुरु पुरोहितद्वारा ठहराइएका सुदिन र शुभ–साइतमा सुवर्णमय सिंहासनमा बसाली राजा–रानी नवराज र लावण्यवतीको गोमाले विधिपूर्वक राज्याभिषेक दिइन् । त्यसपछि राजा–रानीले गुरु पुरोहितलाई भोजन दक्षिणा र गरीबलाई अन्न वस्त्रादिद्वारा सन्तुष्ट गराई सारा राज्य भरीका असहाय र अनाथहरुमा समेत अन्न वस्त्र बाँडी देशभर उत्सव मनाउने हुकुम गर्दा भए ।”
आगौं कथा अर्को अध्यायमा ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
नवराजराज्याभिषेको नाम पञ्चविंशोऽध्याय : ।। २५ ।।

श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
         गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
        यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
        बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
        नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

No comments:

Post a Comment